images
images

जतिसुकै ठुला माछा भए पनि गलत गर्ने कसैलाई नछाड्ने रविको दाबी

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जतिसुकै ठुला माछा भए पनि नछाड्ने दाबी गरेका छन्।

लामिछानेले भ्रष्टाचारी जतिसुकै ठुला, चिप्ला र बाठा माछा भए पनि समातेरै छोड्ने दाबी गरेका हुन् ।

लामिछानेले भने–‘कतिपय माछाहरू बढो चिप्लो हुन्छन्, समाउन खोज्दाखोज्दै चिप्लन्छन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन खोज्दा खोज्दै लुकिहाल्छन्, कतिपय माछाहरू जाल हालेपछि छल्न जान्ने पनि हुन्छन् । जतिसुकै चिप्ला, बाठा र जतिसुकै बाठा माछा हुन, नागरिकले दिएका शक्तिका अगाडि कुर्नुहोला, तिनीहरूको कुनै सीप लाग्दैन । हामीले त्यसको सङ्केत देखाइसकेका छौँ ।’

लामिछानेले नेपाली जनताले आफ्नो दललाई दिएको शक्तिको दुरुपयोग नगर्ने जिकिर गरेका छन्। जनताले दिएको शक्ति आफू र आफ्नो परिवारका लागि दुरुपयोग गर्छ भने त्यो अपराध भएको उल्लेख गरे ।  रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै जनतासँग भएको प्रतिबद्धताअनुसार नै सर्त राखेर सरकारमा गएको प्रस्ट पारे।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS