images
images

आज विश्व क्षयरोग दिवस, नेपालमा नयाँ बिरामी थपिँदै

काठमाडौं– आज विश्व क्षयरोग दिवस । नेपालमा पनि यो दिवस विविध जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइँदै आइएको छ ।

यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने तय गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिए पनि अझै पनि क्षय रोगका नयाँ बिरामी थपिने क्रम भने बढ्दो छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिएका छन् ।

नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती देखिएको छ ।

छाती रोग विशेषज्ञ डा. केदारनर सिंह केसीले क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको जानकारी दिएका छन्। उनले लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगका कारण हुने बताएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS