images
images
images

रुसी सेनामा कार्यरत नेपालीको रक्षाको माग गर्दै प्रदर्शनमा उत्रेका १४ जना प्रहरी नियन्त्रणमा

काठमाडौं–रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका अभियन्ता कृतु भण्डारीसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूले रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्धारको माग राख्दै सिंहदरबारको दक्षिणी गेट अगाडि प्रदर्शन गरेका थिए ।

रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित पीडित परिवारले यसअघि सरकारलाई ज्ञापन पत्र बुझाउँदै यथाशक्य नेपाल फिर्ता गरिदिन अनुरोध गरेका थिए । रुसी सेनामा कार्यरत करिब दुई दर्जन नेपालीहरूले ज्यान गुमाइसकेका छन् भने कयौँ सम्पर्क विहीन रहेको पीडितहरूले जनाएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS