images
images

नेपालले जित्यो एसएमएस फ्रेन्डसिप कपको उपाधि

काठमाडौं । घरेलु टोली गुजरातलाई पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार सम्पन्न फाइनल खेलमा नेपाल १८ रनले विजयी भएको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो।

गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाए। २८ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे।

आर्य देसाईं ३६, रुद्र मयूर पटेल १७ तथा जयमित पटेल र हर्ष देसाईं १५/१५ रनमा आउट भए। सर प्रजापति र जय युवराज सिंह १०/१० रनमा अविजित रहे।

नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा कुशल मल्ल र करण केसीको नाममा १/१ विकेट रह्यो।

त्यसअघि साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

ओपनर आशिफ शेखले ३४ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए। दोस्रो विकेटका लागि आशिफ र रोहितले ७७ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेल १९ र र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा अविजित रहे। गुजरातका शेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले १/१ विकेट लिएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS