धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका जनप्रतिनिधीले विभिन्न माग राखी एक हप्तादेखि पालिका कार्यालयमा ताल्चा लगाएका छन् ।
बजेट प्रवाहमा पालिकाले आलटाल गरेको भन्दै दश वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले संयुक्त रुपमा पालिका कार्यालयमा ताल्चा लगाएका हुन् । हप्तादिनसम्म पनि तालाबन्दी खुलाउन कुनै पहल नहुँदा सेवाग्राही भने मारमा परेका छन् ।
गत ६ गते २१ बुँदे माग राखि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले ज्ञापन पत्र बुझाएका थिए । तर, कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको वडा नम्बर ७ का अध्यक्ष संजय कुमार शर्माको भनाई छ । पालिकाका प्रमुख राजेन्द्र प्रसाद यादवले भने तालाखुलाउन आफुले पहल गरिरहेको बताएका छन् ।