images

दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका छन्।

दीपेन्द्रले २०औँ ओभरमा कमरान खानको बलमा ६ छक्का प्रहार गरेका हुन्। दीपेन्द्रले एशियाडमा मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए।

उनी एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् ।