images

काठमाडौं विश्वको ‘नम्बर वान’ प्रदूषित सहरको सूचीमा यथावत्

काठमाडौं । काठमाडौं विश्वको नम्बर वान प्रदूषित सहरमा कायम रहेको छ ।

एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौं उपत्यका पहिलो नम्बरमा छ । बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौंको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ । जसलाई अस्वस्थ मानिन्छ ।

दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ । त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ ।

यसअघि गएको चैत २७ गते पनि काठमाडौं उपत्यकाका वायु प्रदूषणको दृष्टिले विश्वको नम्बर वान सहर बनेको थियो । त्यतिबेला काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क –एक्यूआई दुई सय पुगेको थियो ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ । काठाडमौं उपत्यकामा वायू प्रदूषण मानव जीवनका लागि ठूलो समस्या बन्दै गएको छ ।