images
images
images

नक्कली पाँच लाख भन्दा बढी रुपैयाँ सहित चिया पसले पक्राउ

काठमाडौं–काठमाडौं महानगरपालिका–१४ कलङ्कीबाट ५ लाख १५ हजार रुपैयाँ नक्कली नोटसहित एक चिया पसले महिला पक्राउ परेकी छन्।

शनिवार राति चिया पसल सञ्चालन गरी बस्ने तारादेवी डङ्गोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो।

डङ्गोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS