images

युरो कप फुटबलमा १२ वर्षपछि स्पेन पुग्यो फाइनलमा

काठमाडौं– युरो कप फुटबल प्रतियोगितामा १२ वर्षपछि स्पेन फाइनलमा पुगेको छ ।

नेपाली समय अनुसार बुधवार बिहान भएको युरो कप सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई हराउँदै १२ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । म्युनिख फुटबल एरेनामा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन सन् २०१२ पछि उपाधिनजिक समेत पुगेको छ ।

यसअघि दुई संस्करणमा स्पेन सेमिफाइनलभन्दा माथि उक्लिन सकेको थिएन। यस पटक प्रतियोगितामा अपराजित रहेको स्पेनलाई फाइनल पु¥याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरे पनि पर्याप्त हुन सकेन।सेमिफाइनल अन्तर्गत इङ्गल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग स्पेनले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।