images
images
images

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमणः २५ जनाको मृत्यु

एजेन्सी– दक्षिणी गाजापट्टीको खान युनिस सहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ ।

इजरायली विमानले मिसाइल प्रयोग गरेर खान युनिसको पूर्वमा रहेको अवसान अल–कबिरा सहरमा सयौँ विस्थापित मानिसहरू बस्ने अल–अव्दा स्कुलको गेटलाई निशाना बनाइ आक्रमण गरेका थिए । चिकित्सा स्रोतहरूले इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको बताए ।

उक्त क्षेत्रमा भिडभाड भएका कारण पीडितको सङ्ख्या बढ् नसक्ने बताएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हतियार प्रयोग गरेर इजरायली वायुसेनाले हमासको सैन्य शाखाका एक आतङ्ककारीलाई आक्रमण गरेको बताएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS