images

काभा महिला भलिबलमा नेपाल र कीर्गिस्तान भिड्दै

काठमाडौं । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सकोे मालेमा जारी खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने छ ।

लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने दाउका साथ मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो ।

लिगको अन्तिम खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई ३–२ सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा कीर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो । लिगमा अपराजित रहेको श्रीलङ्का तीन खेल जित्दै आठ अङ्क जोडेर शीर्षस्थानमा छ ।

दुई जित र एक हारबाट पाँच अङ्क जोडेको कीर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अङ्कसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा छ ।