images

अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले हेटौडाबाट गएको आयोगको टोलीले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित लेखा अधिकृत कोइरालालाई नियन्त्रयमा लिएको जानकारी दिएका छन् ।

उनी घुस रकम लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर ४ कटहर चोकबाट पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।