images

जहाज दुर्घटना १९ जनामध्ये १८ जनाको निधन (सूचीसहित)

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरुको विवरण हेर्नुहोस् ।