images
images

कृषि औजार कारखानामा आधुनिक मेसिन राख्न महावीरको आग्रह, कृषि मन्त्री भन्छन्: अध्ययनपछि निर्णय गर्छौँ

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विस्तृत अध्ययन र छलफलपछि वीरगन्जस्थित कृषि औजार कारखानाको विषयमा आवश्यक निर्णय गर्ने बताएका छन्।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानामा निकै पुराना मेसिन हटाई नयाँ मेसिन राख्न आवश्यक भएको सुझावमा मन्त्रीले यस्तो जवाफ दिएका हुन्।

मन्त्री अधिकारीले आज कारखानाको स्थलगत अनुगमन गरेका थिए। उनले कृषि औजार कारखानाको विषयमा पर्याप्त जानकारी भएपछि मात्रै निर्णय गरिने बताए।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र कृषि औजार कारखाना वीर गन्जका इन्चार्ज तथा इन्जिनियर रीतेश देवले केन्द्रले सञ्चालन र व्यवस्थापन गर्दै आएको कारखानाको विषयमा मन्त्रीलाई जानकारी गराएका थिए।

केन्द्रका अध्यक्ष पुनले सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताएका थिए। पुनले भने, ‘कृषि औजार कारखानामा निकै पुराना मेसिन छन्। अब आधुनिक मेसिन जडान गरेर साना खालका कृषि औजार उत्पादन गर्न आवश्यक छ।’

सरकारले विसं २०७९ असोज ११ गते वीरगन्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो।

कृषि औजार कारखाना सञ्चालन समितिका संयोजक डिलाराम पन्थीले भने‚ ‘केन्द्रले योजना निर्माण, जनशक्ति विकास र कृषि औजार उत्पादन तथा बजारीकरण गर्नेछ।’

केन्द्रले कारखाना जिम्मा लिएको २२ महिनामा १८(२० थरीका कृषि औजार तथा उपकरण तयार पारेको छ। वीरगन्जस्थित कृषि औजार कारखानाका इन्चार्ज देवले केन्द्रले छोटो अवधिमा कारखानामा रहेका जीर्ण उपकरण मर्मत सम्भार गरी चलाउन सक्ने अवस्थामा ल्याएको बताए।

केन्द्रका अध्यक्ष पुनले ३० वर्षदेखि बन्द कारखाना चलाउन आफ्नो आत्मवृत्तान्त ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बेच्दै देशभर हिँडेका छन्। अध्यक्ष पुनले हालसम्म एक लाख २० हजार पुस्तक बेचेको जानकारी दिएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS