images
images

भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य छैन्ः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राख्नु नहुने बताएका हुन् ।

सभापति लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने पक्षमा स्पष्ट रूपमा उभिने उल्लेख गरे । उनले नीतिगत निर्णय भनी मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै त्यसरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने क्रम रोकिनुपर्ने बताएका छन् ।

उनले भने – ‘भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राखिनु हुँदैन । हामी यसमा स्पष्ट छौँ । र सिङ्गो सदन यो ठाउँमा उभिने छ भन्ने विश्वास गराउन चाहन्छु । नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रूपले हेरिएको छ । यसलाई अख्तियारले पनि ध्यान दिएको छ । यसलाई परिभाषित गर्ने पनि गरेको छ । त्यसबारे म ध्यान गराउँछु । नीतिगत भनेर मन्त्रिपरिषद् लगेर त्यस्ता निर्णय गराउने क्रम रोकिनुपर्छ । त्यसको परिभाषा हुनुपर्छ । दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिता हुनुपर्छ भनेर माइतीघरमा आन्दोलन गर्दै आएका खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको तर अबेर राति छोडेको भन्ने सुनियो । म सरकारलाई सोध्न चाहन्छु के खगेन्द्र जस्तै दलितहरूले आफ्नो हक माग्नु गलत हो ? आफ्नो हक माग्ने जति सबैलाई मुख थुनेर बन्द गर्ने नियत हो कि सरकारले ऊ जस्ता अभियन्ताहरूको आवाज सुनेर संविधानले निर्दिष्ट गरे अनुसार राज्यको संरचनाहरूमा सहभागिता गराउने हो रु सरकारले स्पष्ट पारोस् ।’

सभापति लामिछानेले दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिताको माग गर्दै माइतीघरमा आन्दोलन गर्दै आएका अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । उनले दलितहरूले आफ्नो हक माग्नु गलत हो भनी सरकारलाई प्रश्न समेत गरेका छन् ।