images

संविधान संशोधन हुनसक्ने अवस्था छः सभापति देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय कुराहरू संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका हुन् । सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्ने गरी संशोधन गर्ने उल्लेख गरेका छन् ।

उनले भने, ‘कतिपय कुरा यो संविधानमा संशोधन हुनसक्ने अवस्था पनि छ । कति कुराहरू आवश्यक प¥यो भने देखिलाई, सबैले ठान्यो भने देखिलाई संशोधन हुन सक्छन् । तर अहिले वास्तवमा भन्ने हो भने धेरै राम्रो महत्त्वपूर्ण कामहरू भएको छ । यो संविधान समावेशी संविधान छ । समानुपातिकता सम्बन्धमा अझै कति समानुपातिक भन्ने भन्ने छ वास्तवमा । त्यस कारण समावेशी सहितको संविधान छ । कति मानिसहरू चुनावहरू आउन धेरै गाह्रो छ, उहाँहरूलाई त्यस कारण समावेश गर्नुपर्नेछ । राज्य सत्तामा उनीहरूलाई समावेशीताका साथ सहभागी गराउनुपर्छ भन्ने धारणा छ । त्यसको आधारमा समावेशी राखिएको छ । समावेशी सहितको प्रजातन्त्र राखिएको छ । यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो । त्यस कारण फण्डामेण्टल कुराहरूमा परिवर्तन हुन सक्दैनन् । त्यहाँ लेखिएको पनि छ । अहिले समावेशिताको आधारमा जो सबै नेपालीहरू अटाउने संविधान छ । त्यसका केही कमी कमजोरी छन् भने सच्याएर अघि बढाउनुपर्छ । महत्त्वपूर्ण कुरा प्रजातन्त्र र मानव अधिकार हो । मानव जातिले निर्बाध रूपमा आफ्नो अधिकार प्राप्त गर्न पाउनुपर्छ । डर, त्रास मुक्त देशको रूपमा स्थापित गराउनु पर्छ । अरू देशको तुलनामा अझ बढी भाइब्रेट डेमोक्रेसी सोसाइटी स्थापित गर्नुपर्छ ।’

उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाइ जनताको अझ बढी समर्थन, विश्वास जित्न सक्नुपर्ने बताएका छन् ।