images
images

दूध किसानको भुक्तानी दिन दुग्ध विकास संस्थानलाई ६० करोड ऋण स्वीकृत

काठमाडौं । दुग्ध किसानले यस पटकको दूध आपूर्ति गरे बापतको भुक्तानी प्राप्त गर्ने भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले दूध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिएको हो । आर्थिक वर्ष २०८१÷०८२ मा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता दुग्ध किसानहरूलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्ने गरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्
उनले भने, ‘आर्थिक वर्ष २०८१÷०८२ मा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता दुग्ध किसानहरूलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्ने गरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने । अब दूध उत्पादक किसानहरूले यस पटकको जुन पाउनुपर्ने रकम हो त्यो रकम पाउनेछन् ।’
‘पेरिस पारा ओलम्पिक २०२४ को तेक्वान्दोमा कांस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने ।
सरकारले पेरिस पारा ओलम्पिक २०२४ को तेक्वान्दोमा कांस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS