images
images
images

तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमान खत्वेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पालिकाको योजना अनुगमन समितिका संयोजकसमेत रहेका खत्वे, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव ११ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । ११ जनाविरुद्ध ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ प्रतिव्यक्ति बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

गाउँपालिकामा सोलार बत्ती जडान गर्ने योजनामा नापी किताबअनुसार कार्य नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको ठहर गरेको अख्तियारले जनाएको छ ।

यसैगरी, आयोगले नै गाउँपालिकाको वडा नम्बर ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण रंगरोगन तथा व्यवस्थापन सम्बन्धी कार्य अधुरो छाडेको तथा कुनै कामै नगरी रकम हिनामिना गरेको भन्दै तत्कालिन उपाध्यक्ष खत्वे, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादव, इन्जिनियर खुर्सेद इक्रामविरुद्ध ११ लाख १९ हजार ९४९ रुपैयाँ बिगो दाबी गर्दै अर्को मुद्दा पनि दायर गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS