काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत काठमाडौंले बुधवार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्युरोले अनुमति माग गरेको थियो ।
ब्युरोको माग अनुसार अदालतले प्रसाईँसहित बागलुङ, बडी गाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग जनाएको छ ।