images

अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्व राष्ट्रपति भण्डारी 

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचन पश्चात् नेकपा एमालेको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएका छन् ।
शनिवार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताएकी हुन् ।
उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको उल्लेख गरेकी छन् ।
पूर्व राष्ट्रपति भण्डारीले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको बताएकी छन् ।
उहाँले भनिन्,‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । बाम आन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अतिथि भनेर बोलाउनुपर्ने भएको छ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरू पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रमहरू पार्टीका नेताहरू जानुहुन्छ । सामाजिक फोरमहरूमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खोजेको हो भने छिटो छिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भए । नेतृत्वमा पुग्ने के गर्नुपर्छ मैले भन्नुपर्दैन । मिठो खानको लागि दाल चामल लगायत धेरै कुराहरू मिलाउनुपर्छ । त्यसको लागि एमालेले प्रयास गर्नुपर्छ । नेकपा एमाले मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुने भनेको छ । एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस् धेरै शुभकामना छ । यस्तो बनाउनुस् । राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस् । मेरो यो मदन भण्डारी फाउन्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो । आगामी निर्वाचनसम्म एमालेले फाउन्डेसनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह छ ।’
पूर्व राष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको समेत जिकिर गरिन् । जबजको सिद्धान्तलाई मान्नेहरू लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको उनको टिप्पणी छ ।