images
images

चितवनमा १६ जना सवार माइक्रो बस दूध बोक्ने ट्याङ्करसँग ठोकिएपछि…

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोमा माइक्रो बस र दूध बोक्ने ट्याङ्कर एक आपसमा ठोक्किएका छन्।

बिहीबार राति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किँदा माइक्रोमा सवार १६ जना घाइते भएका हुन्।

ट्याङ्कर चालक मकवानपुर राक्सिराङ गाउँपालिकाका-१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा घाइते भएकाहरूको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS