images
images

हिजबुल्लाहविरुद्ध पूर्ण शक्तिका साथ लड्न इजरायली सेनालाई प्रधानमन्त्री नेतान्याहुको निर्देशन

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनालाई हिजबुल्लाहविरुद्ध पूर्ण शक्तिका साथ आक्रमण गर्न निर्देशन दिएका छन्।

अमेरिकालगायत इजरायलनजिकका अन्य देशले युद्ध विरामका लागि अनुरोध गरिरहेका बेला इजरायली प्रधानमन्त्री नेतान्याहुले अझ युद्ध चर्काउने कुरा गरेका हुन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ९२ जनाको ज्यान गएको जनाएको छ।

लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरुर पनि मारिएको हिजबुल्लाहले जनाएको छ।

बुधवार अमेरिका, बेलायत र युरोपेली सङ्घले तीन साताका लागि युद्ध विराम गर्न अपिल गरेका थिए।

तर इजरायलले यो प्रस्ताव अस्वीकार गरेको छ।

न्यु योर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म युद्ध नरोकिने बताएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS