images
images

निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं । महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैंका गीत पनि घन्कन थालिसकेका छन्

यसै क्रममा गीतकार निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैंगीत सार्बजनिक भएको छ। गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा , मनिष पौडेलले स्वर दिएका छन्।

वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी दिपीका थापाले गरेकी छन्। उक्त गीतमा कलाकार गोपाल ढकाल “छन्दे”, नवराज कार्की का साथै वेलकम परिवारले अभिनयमा साथ दिएका छन्।

गीतकार तथा गायक पौडेलले भने, “बिगत दश(पन्ध्र वर्ष अगाडि सम्म पनि बडा दशैं को रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउँदै गएको महसुस हुन थालेको छ। त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं।”

गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको तीज गीत पनि सार्बजनिक भएको थियो।

हेर्नुहोस् भिडिओ :

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS