images
images

दशैं टीकाको उत्तम साइत शनिवार बिहान ११ बजेर ३६ मिनेटमा 

काठमाडौं । नवरात्रको अन्तिम दिन शुक्रवार महाअष्टमी र महानवमी मनाइएको छ।

तिथि घटबढका कारण अष्टमी र नवमी एकै दिन परेका हुन् । नवरात्रिको समाप्तिसँगै भोलि नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ।

शनिवार भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ।

दशैँमा विशेष गरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्।

यस पर्वका अवसरमा देशभरका शक्ति पीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ। शक्ति पीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ।

टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ। मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS