images

भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको प्रभु साहको आरोप

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्नुपर्ने बताएका छन् ।

मुलुकमा भ्रष्टाचार, अनियमितता एवं कुशासन बढदै गईरहेको बताउदै उनले भ्रष्टाचारीलाई बहिष्कार नगरेसम्म मुलुक नबन्ने बताए ।

बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा बाराको कोल्हबी र रौतहटको फतुवा बिजयपुर नगरपालिकाको दुधिअवामा आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचारलाई जनकारवाही गर्नैपर्ने बताएका छन् ।

‘दिनदिनै मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ । आम जनता लाचार बनेका छन् । भ्र्रष्ट नेताहरुकै शासन व्यवस्थामा हालीमुहाली रहेको छ । उनीहरुले जनताको पैसा जसरी पनि लुटने धन्दा गरिरहेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘समृद्ध नेपाल निर्माणका लागि सबैभन्दा पहिला भ्रष्ट नेताहरुलाई बहिष्कार गर्नैपर्छ । उनीहरुलाई सरकारले पनि कारवाही कारवाही गर्नुको साटो संरक्षण दिईरहेकाले अब त्यस्त भ्रष्टहरुलाई जनकारवाही गर्न आम जनता तयार हुनुपर्छ ।’

ठुला दल शीर्ष नेताहरु भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचार गरेको पुष्टि हुँदाहुँदै पनि एकले अर्कोलाई बचाउँने, जोगाउने र देशमा लुटेर विदेशमा पैसा थुपार्ने काम भईरहेकाले आम जनताले गाउँगाउँबाट आवाज उठानुपर्ने उनको भनाइ छ ।