images

छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी प्रकरणमा मुछिएका गोरखा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले थप २० दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जोशी ६ असोजमा काठमाडौंमा पक्राउ परेका थिए । सोही दिन उनलाई पोखरा लगिएको थियो । तेस्रोपटक उनलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

जोशीलाई म्याद थप गरेसँगै रवि लामिछानेलाई पक्राउ गर्न पनि पक्राउ पर्जी जारी गरेको छ ।