images

रवि लामिछाने सम्बोधन गरेर मात्र पार्टी कार्यालयबाट निस्कने, प्रक्रियागत कामहरु गर्दै सीआइबी

काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपा कार्यालय वनस्थली पुगेको छ ।

पार्टी कार्यालयबाट बाहिरिदा सभापति लामिछानेले सम्बोधन गरेर मात्र निस्कने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । कार्यालयमा पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै अर्यालले आफूहरू परामर्शमा रहेको बताएका छन् ।

कार्यवाहक प्रवक्ता मनिषा झाले लामिछाने सडकमार्फत पोखरा जाने तयारीमा रहेको बताएका छन् ।