काठमाडौं । राजनीतिक विश्लेषक डा.केपी शर्माले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागएर जेल हाल्ने प्रपञ्च भइरहेको दाबी गरेका छन् । स्पेस फोरके टेलिभिजनको कार्यक्रम स्पेस सम्वादमा पत्रकार खेम बमसँगको कुराकानीमा शर्माले पछिल्लो समय लामिछानेलाई जेल हाल्ने योजना बनिरहेको समेत खुलासा गरेका छन् । सम्पति शुद्धिकरणमा छानवीन गर्ने भए सुरुमा लामो समय सत्तामा बसेका नेताहरुको सम्पनी छानवीन गर्नुपर्ने धारण उनले राखेका छन् । यस्तै प्रधानमन्त्री केपी ओलीको आसन्न चिन भ्रमणमा बीआरआई सम्झौता पेचिलो बन्ने उनको तर्क छ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बीआरआईलाई ऋणमा स्वीकार्न नसकिने बताएपछि ओलीलाई धर्मसंकट परेको छ । यद्यपी उनले यो भ्रमणबाट चिनसँगको सम्बन्ध सुधार्ने प्रयत्न राख्ने शर्माको भनाइ छ ।
भिडियो तल हेर्नुहोस