images
images

बहुप्रतिक्षित एनपीएलको उद्घाटन आज, जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्दै

काठमाडौं । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता शनिवार सुरु हुँदै छ।

उद्घाटन खेलमा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले विराटनगर किङ्सको सामना गर्दै छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः १५ बजे सुरु हुनेछ।

उक्त खेलको प्रत्यक्ष प्रसारण विश्वका ठुला प्रतियोगिता र लिग प्रसारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ।

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले एनपीएलले बजारमा निकै चर्चा पाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS