images

सी जिङपिङ उदयपछिको चीन नेपाल बुझ्न सकेन : सचिव साह (अन्तर्वार्ता)

विश्व अर्थतन्त्रमा शक्तिमान बन्दै चीनलाई नेपालले हेर्ने आँखामा परिवर्तन हुन जरुरी रहेको छ । दान्साओपिङ हुँदै माओसेत्सेतुङको युगसम्मको चीन र सी जिङपिङ उदाएपछिको चीनमा निकै धेरै प्रगति भइसकेको छ । नेपालले पनि अहिलेको चीनलाई बुझेर असल मित्रताका साथै विकास र समृद्धिको उचित लाभ लिन सक्नुपर्दछ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विज्ञान र प्रविधिका क्षेत्रमा चीनबाट बढी फाइदा लिनसक्नुपर्ने बताएको छ । विश्व शक्तिको नवउदयमान चीनले विकास र प्रविधिका क्षेत्रमा ठूलो बहुआयाम ल्याएको बताउँदै माओवादी केन्द्रका सचिव गणेश साहले त्यसबाट नेपालले फाइदा लिनसक्नुपर्ने बताए । बीआरआईलाई गिजोलेर नेपालले राम्रो नगरेको बताउँदै साहले उहिलेको चीन नभई नयाँ शक्तिमान चीनलाई यहाँका कुटनीतिज्ञ, परराष्ट्रविद्हरुले पनि बुझ्न नसकेको उहाँको धारणा थियो । अर्थतन्त्रका हिसाबले दोस्रो ठूलो शक्तिमा रहेको चीनबाट नेपालले धेरै फाइदा लिनसक्ने भएपनि देशको मूलनीतिमा विभिन्न महत्वकांक्षा बाँडिदा समस्या पर्दै गएको उनको बुझाइ छ ।

पछिल्लो समय नेपालको औपचारिक चीन भ्रमण दक्षिण एसियाका लागि समेत चासोको विषय हो । भारतसँग प्रायः विभिन्न कोणबाट हालका प्रधानमन्त्री केपी शर्मा ओलीको अडानलाई फरक तवरले विश्लेषण हुने गर्दछ । तत्कालीन बेलाको भारतीय नाकाबन्दी हुँदै अयोध्या नेपालमा रहेकोसम्मका अभिव्यक्तिले ओलीप्रति भारत नतमस्तक हुन सकेन भन्ने चर्चा छ । यद्यपि सार्वभौमसत्ता सम्पन्न मुलुकका लागि यी विषय प्राथमिकतामा पर्दैनन् । भारतमाथि पनि दक्षिण एसियाका धेरै देशहरुले मतान्तर राख्दै आएका छन् । जसको अपनत्व लिनका लागि चीनको सक्रियता बढेको पाइन्छ । भारतको निम्तो नआएको चर्चाका बीच भएको प्रधानमन्त्री ओलीको चीन भ्रमणले नयाँ आयाम ल्याउन सक्नुपर्दछ ।

पुरा भिडियो तल हेर्नहोस