काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ । रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसँगै उनका समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरूले चितवनबाटै रविलाई रिहाइको माग गरेका छन् ।