images
images

बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी गर्नु बचपना: परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन्।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन्। उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरेको बताइन्।

उनले ऋण लिनेरदिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाइन्।

उनले नेपालले चीनसँग बिआरआईबाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको पनि स्पष्ट पारिन्। चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्सबारेमात्रै नेपालको चासो भएको उनको भनाइ थियो।

बिआरआई सम्झौता आफैमा विकास सहायता भएको उनले उल्लेख गरिन्। नेपालले चीनको ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको उनले बताइन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS