images
images

फाइनान्समार्फत बजाजका मोटरसाइकल अब किन्न नागरिकता भए पुग्ने

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्दले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्किम ल्याएको छ।

मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाइ सरल होस् भनी ग्राहकहरूको लागि यो स्किम ल्याएको कम्पनीले जनाएको छ।

यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपूर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो।

यी झन्भटहरूलाइ हटाएर अब भने बजाजका ग्राहकले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन्।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर ९।९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन्।

यो स्किम बजाजका देशभरका आधिकारिक सोरूमहरूमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले जानकारी दिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS