images
images

काठमाण्डौ महानगरले सभागृहमा पीएल सिंहको पूर्णकदको सालिक बनाउने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको ३९औं कार्यपालिका बैठकले राष्ट्रिय सभागृह परिसरमा महानगरपालिकाका पहिलो मेयर स्वर्गीय पीएल सिंहको पूर्णकदको सालिक बनाउने निर्णय गरेको छ । हिजो बसेको बैठकले स्व। सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पु¥याउनु भएको योगदानको सम्मानमा सालिक बनाउने निर्णय गरेको हो । वि। सं। १९९६ साल चैत ११ गते जन्मनुभएका सिंहको यही १ गते निधन भएको थियो ।

यस्तै बैठकले ‘सहकारी ऐन २०७४’, ‘शिक्षा ऐन २०७५’, ‘राजस्व ऐन २०७५’, ‘विवाद निरूपण कार्यविधि ऐन २०७५’, ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७’, ‘कर्मचारी सेवा ऐन २०७७’, ‘महानगर प्रहरी ऐन २०८०’, ‘जनप्रतिनिधिहरूको सुविधासम्बन्धी ऐन २०७९’, ‘होस्टेल कार्यविधि २०७९’ लाई पुनर्लेखन तथा संशोधनका लागि सहमति दिएको छ । यस्तै बैठकले ‘सञ्चार तथा सूचना ऐन २०८१’ को नियमावली तथा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS