images
images

रवि लामिछाने न्यायिक हिरासतमा, थुनछेक बहस सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।

आइतबार न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो।

जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले थुनछेक बहस सोमबारदेखि सुरु हुने भएकाले तत्कालका लागि उनलाई न्यायिक हिरासतमा राख्न आदेश भएको हो। आइतबार मात्रै अदालत हाजिर भएका लामिछानेको बयान भएको छ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको भन्दै रविविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। पोखराबाट शुक्रबार काठमाडौं आएका उनी आइतबार अदालतमा उपस्थित भएका हुन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई ८४ दिनपछि जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS