images
images

बालेनको व्यङ्ग्य: ‘खोला मात्र होइन, टुँडिखेल, खुल्ला मञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति कार्यालयबाट जारी भएको भूमि सम्बन्धी अध्यादेशमाथि कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिरसहित स्टाटस लेख्दै उनले व्यङ्ग्य गरेका हुन्।

‘अब खोला मात्र हैन टुँडिखेल, खुल्ला मञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ । सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा गरिएको छ । भूमि आयोगले गरेको सिफारिसका आधारमा कामलाई तीव्रता दिने हिसाबले व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS