images
images

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा जाँदै छन्। दीक्षान्त  समारोह बिहीबार दिउँसो हुँदै छ।
दीक्षान्त समारोहमा मेडिकल विज्ञान सङ्काय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर–शल्यचिकित्सा स्नातकोत्तर, एमडी–एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुँदै छन्।
आजै प्रतिष्ठानको सिनेटसमेत हुने शाखा अधिकृत सुशील कुमार अर्यालले जानकारी दिए। आज प्रतिष्ठानको भवन उद्घाटन, सिनेट बैठकपछि दीक्षान्त हुने अर्यालले बताए। प्रतिष्ठान परिसरमा बनेको आकस्मिक भवन प्रधानमन्त्रीले उद्घाटन गर्नेछन्। त्यही भवनका माथिल्ला तलमा एमबिबिएसको अध्यापन गर्ने तयारी रहेको प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना गरिएको हो।
गण्डकी प्रदेशकै सबैभन्दा ठुलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गत वर्ष चार लाख ५५ हजार बिरामीलाई सेवा दिएको थियो। अस्पतालले गण्डकी प्रदेशमै क्यान्सर उपचार सेवासमेत सुरुवात गर्दैछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS