images
images

कानुन निर्माणमा एकजुट भएर अघि बढ्ने चार दलका प्रमुख सचेतकहरूको निर्णय

काठमाडौं । संसद्का प्रमुख चार दलका प्रमुख सचेतकहरूको बैठकले संसद्लाई प्रभावकारी बनाउन सबै दलहरू एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ।
शुक्रबार(आज) सिंहदरबारमा  भएको प्रमुख सचेतकहरूको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए। उनले सरकारले संसद्लाई दिएको बिजनेस वा विधेयकहरू छिटो–छरितो ढंगबाट कानुन निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरूले भूमिका खेल्ने विषयमा छलफल भएको बताए।
उनले सरकारले संसद्मा ल्याएका विधेयकहरू संसद्ले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरूबीच सहमति भएको बताए। उनले कानुन निर्माणको सवालमा संसद् अब्बल छ भनी प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS