images
images
images

शहिदको सम्झनामा जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गरिने

काठमाडौं । बलिदानी दिवस पारेर मधेश प्रदेश सरकारले शनिबार जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गर्दैछ।
मधेश आन्दोलनका क्रममा शहीद भएकाको स्मरणमा शनिबार साँझ जानकी मन्दिरमा दीप प्रज्वलन गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए।
प्रदेश सरकारले शहीदका परिवारलाई अभिनन्दन कार्यक्रम गर्ने पनि राखेको छ। शहीदको सम्झनामा प्रदेश सरकारले शुक्रबार अन्तरसंवाद कार्यक्रम पनि गरेको थियो।
मधेस प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाइतेको उचित व्यवस्थापन र शहिद  प्रतिष्ठानलाई समयानुकूल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रमहरू गरेको बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS