images
images

मन्त्रिपरिषद् बैठक आज बस्दै, संसद्को हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ।
यसैगरी बैठकले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सम्भावनासमेत रहेको एक मन्त्रीले जानकारी दिए । माघ १८ गतेका लागि अधिवेशन बोलाउने गरी तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले संसद्को अधिवेशन उपयुक्त समयमा बोलाउने बताएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS