images
images

ओलीलक्षित प्रचण्डको टिप्पणी-यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘फटाहा’को संज्ञा दिएका छन्।

मंगलबार म्याग्दीको बेनीमा माओवादी केन्द्रको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रधानमन्त्री भएको देशले सुख नपाउने समेत बताएका हुन् ।

‘जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ, उहाँले यतिधेरै ढाँटछल, जालझेल गर्नुभयो,’ प्रचण्डले भने, ‘मलाई त गर्न सम्म गर्नुभयो। तपाईंले सुनिसक्नुभएको छ–स्वर्ग र नर्कका कुरा।’

नेपाली कांग्रेस र नेकपा एमालेले गत असारमा गरेको ७ बुँदे सहमतिप्रति टिप्पणी गर्दै उनले भने, ‘उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन। पत्रिकामा छापी सकियो– यो पहिलोको छाप्यो, झुटो छाप्यो भन्न सक्ने भनेपछि। यस्ता जालीझेली। यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’

प्रचण्डले यो सरकार दलाल र बिचौलियाले बनाएको समेत जिकिर गरेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS