images
images

जसपाको निर्णयः भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिँदा अरुमा के ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले ल्याएका छ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

जसपाका राष्ट्रिय सभाका सांसद मृगेन्द्रकुमार सिंहका अनुसार स्वीकृतिका लागि अध्यादेश सदनमा पेश हुँदा भूमिसम्बन्धी अध्यादेशको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने जानकारी दिएका छन् ।

संसद नचलिरहेको अवस्थामा सरकारले सहकारी सम्बन्धी सहित ६ वटा अध्यादेश जारी गरेको थियो। संघीय संसदको पहिलो बैठक बसेको माघ १८ गते ६ वटै अध्यादेश संसदमा पेश भएपनि स्वीकृतिका लागि भने पेश हुन सकेको छैन प्रतिनिधि सभामा सत्तापक्ष कांग्रेस एमालेको दुईतिहाइ नजिक बहुमत भएपनि राष्ट्रिय सभामा भने जसपा निर्णायक हुँदा सरकारले स्वीकृतिका लागि अध्यादेश पेश गर्न सकेको छैन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS