images
images

एमाले सांसद शर्माले बालिकामाथि श्रम शोषण गरेको विषयमा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रम शोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरेको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार जारी गरेको विज्ञप्तिमा दाङ जिल्ला निवासी एक बालिकालाई लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रम शोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरिएको बताएका हुन् ।

शर्मालाई उन्मुक्ति दिएको भन्दै सञ्चार माध्यममा प्रकाशित समाचार पछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको उनको भनाइ छ ।

सो क्रममा उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकिल कार्यालयसमक्ष पेश गरेको राय सहितको प्रतिवेदन समेत सात दिनभित्र उपलब्ध गराउन आयोगले आजै पत्राचार गरेको उनले बताए ।

शर्माले राजधानीको धुम्बाराहीस्थित निजी निवासमा बालिकालाई ६ वर्षदेखि बन्धक बनाएर श्रम शोषण गरेको आरोप छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS