images
images

पौने ४ किलो सुनसहित ४ जना पक्राउ

काठमाडौं दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे  तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्।

फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्बेकिस्तानका नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए।

चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरूलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो। उनीहरूले मलद्वारामा सुन लुकाएर ल्याएको एसएसपी राठौंरको भनाइ छ। उनीहरू अहिले गौशाला प्रहरी हिरासतमा रहेको प्रहरीको जनाएको छ।

सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरू उज्बेकिस्तानका हुन् । उनीहरूको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरू सबै महिला हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS