images
images

भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते

काठमाडौं । भूकम्प गएपछि भाग्ने क्रममा सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्दा उनी सामान्य घाइते भएका र उनको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।

भूकम्पको धक्का निकै ठूलो भए पनि क्षतिको विवरण आइसकेको छैन ।

उनले कोदारीमा रहेको एउटा प्रहरी भवन चर्केको खबर आएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। मानवीय तथा अन्य भौतिक क्षतिबारे कुनै जानकारी नआएको उनको भनाइ छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS