images

कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न ओलीलाई भण्डारीको सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन्।

सोमबार‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यसअघि पनि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताएकी हुन्।

कम्युनिस्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन ओलीले महत्वपूर्ण भूमिका खेलेको भण्डारीको भनाइ छ।

‘राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात् गर्नुपर्छ। बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन सक्दैन,’ उनले भनिन्।

उनले विगतका कम्युनिस्ट आन्दोलनलाई ओलीले ऐतिहासिक भूमिका निर्वाह गरेको र आगामी दिनमा थप योगदान दिने विश्वास रहेको पनि बताइन्।