images
images

पार्टी खोलेर प्रधानमन्त्री बन्न पूर्वराजालाई वामदेवको सुझाव

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन् बढी नोक्सानतर्फ लैजाने काम भएको टिप्पणी गरेका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउनसमेत चेतावनी दिए।

अहिले सिंगो मुलुक नै संघीय संसद्‌मा रहेको उल्लेख गर्दै नेपाली जनताको भावनासमेत संसद्‌मै रहेको उनको भनाइ छ।

उनले भने, ‘राजा रहनु बेठिक हो। म फेरि पनि भन्छु, तपाई राजगद्दी छोडेर जनता बन्नुस्, पार्टी खोल्नुस्। जनताको बीचमा गएर प्रधानमन्त्री भएर देखाउनुस्। राजावादीले चाहेर हुने वा नहुने भन्ने विषय होइन। नेपाली जनताले निर्णय गर्ने हो।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS