images
images

राजावादीहरुको प्रदर्शनबाट म विचलित नभएको छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन्।

सोमबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजावादीहरूको प्रदर्शनले आफू नडराएको बताए।

अध्यक्ष दाहालले यसको जिम्मवारी सरकारले लिनुपर्ने पनि बताए। सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताए। उनले राजावादीहरुको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरु सल्लाह गरिरहेको जवाफ दिए।

उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन। केही भएको छैन। केको डराउनु ? त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ। सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS