images

पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै घिसिङ आज सर्वोच्च अदालतमा पुगेका हुन् ।

कुनै गल्ती नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको घिसिङले रिट निवेदनमा भनेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गरेका छन् ।

रिट निवेदनमा घिसिङले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् । आज अपराह्न घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

प्राधिकरणको कार्यकारी निर्देशक पदबाट घिसिङलाई बर्खास्त गरेसँगै उनका समर्थकहरू मंगलबारदेखि नै सडकमा उत्रिएका छन् । प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा पाएका हितेन्द्रदेव शाक्यले पद बहाली गरिसकेका छन् ।