images

अष्ट्रेलियालाई अफगानिस्थानकोे जबाफी बदला , २१ रनले हराउँदै समूह–१’ तालिकामा रोचक मोड

काठमाडौं–आशन्न आइसिसी टी-२० विश्वकपमा अफगानिस्तान अष्ट्रेलियासँग गत वर्षको बदला लिएको छ । आइतबार वेस्टइनिजमा भएको सुपर ८ को खेलमा अफगानिस्थान र अष्ट्रेलियाबीच खेलमा अफगानिस्थाले अष्ट्रेलियालाई २१ रनले हराएको हो । गत वर्ष अष्ट्रेलियाका फिनिसर ग्लेन म्याक्सवेलले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध दोहोरो शतक प्रहार गर्दै कीर्तिमान बनाउँदै अफगानिस्तान बलरलाई निरही बनाएका थिए । अफगानिस्थानले आइतबार सोही हारेको बदला लिएको हो

विश्वकपको कठोर टोली अष्ट्रेलियालाई अफगानिस्ताने २१ रनको अन्तरमा हराउँदा यो जितसँगै सुपर–८’ चरणमा ‘समूह–१’ तालिका पनि रोचक मोडमा पुगेको छ । उक्त समूहमा चार वटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । चार अङ्कसहित भारत तालिकाको पहिलो स्थानमा आसीन छ । दुई अङ्कसहित अस्ट्रेलिया दोस्रो स्थानमा छ । दुई अङ्क नै बटुलेको अफगानिस्तान तेस्रो र खाता खोल्न नसकेको बङ्गलादेश चौथो स्थानमा छन् ।वर्तमान समीकरणलाई हेर्दा उक्त समूहको अन्तिम चरणको खेल निकै रोमाञ्चक हुनेछ । अन्तिम चरणको खेलमा भारतले अस्ट्रेलिया र अफगानिस्तानले बङ्गलादेशको सामना गर्नेछन् ।

हेरौँ आजको खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई हराउन प्रदर्शन गरेको तालिका
टस हारी पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने १९दशमलव २ ओभरमा अलआउट हुनुअघि एक सय २७ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङको गरेको अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमतुल्लाह गुरबाजले ६० रनको योगदान गरे । उनले ४९ बलमा चार छक्का र चार चौका पनि प्रहार गरे । अर्का ओपनर इब्राहिम जदरानले पनि अर्धशतकीय पारी खेले ।

उनले ४८ बलमा ६ चौकाको मद्दतले ५१ रन बनाएका थिए । यी दुईले ओपनिङ विकेटका लागि एक सय १८ रनको साझेदारी गरे । अस्ट्रेलियाका बलर प्याट कुमिन्सले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । एडम जाम्पाले पनि दुई विकेट हात पारे । मार्कुस स्टोइनिसले पनि एक विकेट लिए । जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि चौथो नम्बरका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ५९ रनको योगदान गरे । उनले ४१ बलमा तीन छक्का र ६ चौका पनि प्रहार गरे ।

अस्ट्रेलियाका अन्य ब्याट्सम्यान अफगानिस्तानका बलरसामु निरीह हनु पुगे । कप्तान मिचेल मार्सले १२ र मार्कुस स्टोइनिसले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।अफगानिस्तानका बलर गुलबदिन नाइबले चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । नवीन उल हकले पनि तीन विकेट हात पारे । उनले पनि चार ओभरमा २० रन खर्चिए ।